|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सरकार सञ्चालनका लागि दुई तिहाई मत प्राप्त गरेका छन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएअनुसार आइतबारको संसद् बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत लिएका हुन्। 

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश ५ मा मतदानबाट पोख्रेलको पक्षमा ६६ मत आएको छ भने विपक्षमा १८ मत परेको छ। पोख्रेलको विपक्षमा कांग्रेस सांसद्ले मतदान गरेका थिए।

एमालेको ४१ र माओवादीका २० गरी ६१ सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पोख्रेललाई पाँच सांसद् रहेको संघीय समाजवादी फोरम र एक सांसद् रहेको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरे। १९ सांसद् रहेको कांग्रेसका १८ जना सांसद् मात्रै सदनमा उपस्थित थिए। मुख्यमन्त्री पोखरेलले सरकार सञ्चालनका लागि न्यूनतम ४४ मत पाउनुपर्ने थियो। 

प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.