काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
काठमाडौं, : काठमाडौं महानगरपालिकाले विभिन्न १ सय १८ पदमा जागिरका लागि आवेदन माग गरेको छ।
काठमाडौं महानगरपालिकाको पदपूर्ति समितिले विभिन्न तह, सेवा र समूहका पदहरूमा खुला प्रतियोगिताका लागि मंगलबार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन माग गरेको हो।
महानगरपालिकाले अमिन(सर्वेक्षक), कम्प्युटर टेक्निसियन, स्वास्थ्य सहायक, जुनियर सिभील इञ्जिनियर, अ.न.मी., अ.हे.ब. र नगर प्रहरी जवान गरी १ सय १८ जना माग गरेको हो। जसमध्ये सबैभन्दा बढी नगर प्रहरी जवान ९० जना, अ.हे.ब. १० जना माग गरिएको छ।
जागिर खानका लागि आवेदन दिन चाहनेहरूले आगामी साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने साउन २६ गतेपछि ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन पाइने महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।
आवेदनका लागि दरखास्त फाराम दस्तुरवापत १ सय रूपैयाँ बुझाउनुपर्नेछ भने सहायक स्तर पाँचौँ तहको लागि परीक्षा दस्तुर ४ सय, सहायक स्तर चौथो तहको लागि परीक्षा ३ सय र सहायक स्तर दोस्रो तहको लागि परीक्षा दस्तुर २ सय तोकिएको छ। यस्तै, प्रत्येक थप समावेशी समूहका लागि थप २ सय बुझाउनुपर्ने सूचनामा जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।