राजनीति

एमालेले भन्यो - माओवादीको निर्णय देशका लागि दुर्भाग्यपूर्ण

असार २९, २०७३

    काठमाण्डौं । नेकपा एमालेले माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्थायि समितिको बैठक बसेको छ । मंगलवार राति बालुवाटारमा सम्पन्न एमालेको ४० औं स्थायि समितिको बैठकले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने गरेको निर्णय देशका लागि दुर्भाग्यपूर्ण रहेको निषकर्ष निकालेको छ ।

    बैठकपछि एमाले महासचिव इश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा एमालेले वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको जनाएको छ ।

     ‘नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ’  विज्ञप्तिमा भनिकएको छ, ‘राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कारबाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।’

    बैठकले पछिल्लो राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा अघि बढ्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा आफ्नो सरकारबाट अघि बढाइएका संविधानको रक्षा कार्यान्वयन र राष्ट्रिय हितको पक्षमा भएका जनपक्षीय कामको पक्षमा दृढतापूर्वक उभिने एमालेले जनाएको छ ।

    संविधान सम्मत समाधानको दिशामा अघि बढ्ने जनाउँदै एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद मार्फत सामना गर्ने निर्देश गरेको जनाउ दिएको छ । ‘नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी गराउदछौं’- विज्ञप्तिमा उल्लेख छ ।

    सदृढ हुँदै गरेको राष्ट्रिय स्वधीनता, राष्ट्रिय स्वाभीमान र आत्मनिर्भरताको महत्वपूर्ण उपलब्धीमा पछिल्लो राजनीतिक विकासक्रमले चोट पुर्याउन सक्ने एमालेले जनाएको छ । ‘वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्रराष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ’-एमालेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तो छ विज्ञप्तीः

    मितिः २०७३/०३/२८

    प्रेश वक्तव्य

    नेकपा एमाले स्थायी कमिटिको ४० औं  विशेष बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकले देहायको विशेष निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ । वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ ।

    सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र)को यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ ।

    वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ ।

    नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ ।

    राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।

    नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं ।


    इश्वर पोखरेल

    महासचिव

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]