विश्व

बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्दै टेरिसा मे

असार २९, २०७३

    एजेन्सी: टेरिसा मे आज बुधबार बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्दैछिन्। कन्जरभेटिभ पार्टीकी नेता समेत रहेकी उनी डेभीड क्यामरून सरकारमा गृहमन्त्री थिइन् र उनले विगत ६ वर्षमा आफ्नो कामले सबैलाई आफ्नो पक्षमा पार्न सफल भएकी छन्। 

    ५९ वर्षीया टेरिसा मार्गरेट थ्याचरपछि बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन्। युरोपेली संघको मुद्दामा भएको जनमत संग्रहपछि डेभिड क्यामरूनले राजीनामा दिएपछि उनले प्रधानमन्त्रीको पद सम्हाल्ने भएकी हुन्। उनी यस्तो बेलामा प्रधानमन्त्री हुँदैछिन् जुन बेला बेलायत संकटको सामना गर्दै अगाडि बढिरहेको छ। 

    क्यामरूनले राजीनामा दिएपछि टेरिसा लगभग सर्वसम्मतिबाट देशको प्रधानमन्त्री बन्ने भएकी छन्। अक्सफोर्ड विश्वविद्लयबाट पढाई पुरा गरेकी टेरिसा सन् १९९७ देखि बेलायती सांसद रहँदै आएकी छन्। 

    उनी विगत १ सय वर्षमा सबैभन्दा लामो समय गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने व्यक्तिमा बेलायतकी दोस्रो नम्बरमा रहेकी छन्। 

    प्रधानमन्त्री भएपछि आफ्ना सहयोगी र राम्रो काम गर्न सक्ने महिलाहरूको पदोन्नती गर्ने समेत जनाएकी छिन्। उनले सरकारको उच्च तहमा महिलाको उपस्थिति बढ्नुपर्ने बताउँदै उनले जस्टिन ग्रिनिङ र प्रिती पटेलको पदोन्नती गर्ने संकेत गरेकी छिन्। ग्रिनिङ र पटेलले बेक्जिटको समयमा पनि सहयोग गरेका थिए। बेक्जिटको समर्थनमा उनीहरू रहेका थिए।

    को हुन् टेरिसा ?
    टेरिसा मात्र २५ वर्षको हुँदा उनका पिताको कार दुर्घटनामा मृत्यु भएको थियो। उनको पुरा नाम टेरिसा ब्रेजियर थियो। उनी गाउँमा रहेर पढ्दै थिइन् र नाटकहरूमा भाग पनि लिने गर्थिन्। साथै शनिबार एक बेकरीमा काम गरेर आफ्नो पकेट खर्च निकाल्ने गर्थिन्। 

    उनले सानैदेखि बेलायतको प्रधानमन्त्री हुने सपना लिएर बस्ने गरेको उनका साथीहरू बताउँछन्। उनी अक्सफोर्ड विश्वविद्यालयमा पढ्न पुगेपछि भने उनको जीवन नयाँ मोडमा मोडिएको थियो। सन् १९७६ मा पढाईका क्रममा उनको भेट फिलिपसँग भएको थियो, जो अक्सफोर्ड युनियनको अध्यक्ष थिए। यी दुइले सन् १९८० मा विवाह गरेका थिए। 

    भूगोलमा स्नातकसम्मको पढाई सकेपछि टेरिसाले एसोसियसन फर पेमेन्ट क्लियरिंग सर्विसेजको अफेयर्स युनिटको प्रमुख थिइन्। यसबेलासम्म उनले आफू पनि राजनीतिमा आउने निश्चय गरिसकेकी थिइन्। दक्षिण लण्डनको मेर्सनमा उनी पहिलो पटक स्थानीय काउन्सिलर चुनिइन्। उनले एक दशकसम्म आफ्नो त्यहाँ रहिन् र उनले राजनीतिमा आफूलाई उचाइमा पुर्‍याउन सुरू गरिन्। 

    उनले सन् १९९२ मा बेलायती सांसद बन्न गरेको प्रयास सफल हुन सकेन। यसको दुई वर्षपछि भएको उपनिर्वाचनमा पनि इस्ट लण्डनमा उनले पराजय बेहोरिन्। 
    यसपछि उनले सन् १९९७ मा बेलायतमा जब टोनी ब्लेयरलाई ठूलो जित प्राप्त भएको थियो त्यति नै बेला टेरिजा कन्जरभेटिभ पार्टीको तर्फवाट बर्कसायरको मेडनहेड सीटबाट निर्वाचन जित्न सफल भइन्। 

    यसपछि उनले पछि फर्केर हेर्नु परेन र अहिलेसम्म उनी बेलायतको सांसद रहँदै आएकी छन्। यसपछि उनी सन् २००९ मा गृहमन्त्री बनिन्। 

    उनी आफ्नो नीतिमा प्रष्ट छिन्। उनी ब्रेक्सिटको पक्षमा छिन् र उनी यस मुद्दामा दोस्रो जनमत गराउन चाहन्नन्। तर, उनले युरोपेली संघ छोड्ने विषयमा आधिकारिक निर्णय सन् २०१६ अन्त्य नभएसम्म सम्भव नहुने बताउँदै आएकी छन्। 

    उनले समलैंगिक विवाहलाई पनि समर्थन गरिसकेकी छन्। यसका साथै सन् २०१२ मा उनले कानुनी गर्भपतन गर्ने समयसीमालाई २४ साताबाटा घटाएर २० साता गर्ने तर्क प्रस्तुत गरेकी थिइन्। 

    (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]