बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
६ नयाँ मन्त्री नियुक्त
बेलायती नवनियुक्त प्रधानमन्त्री थेरेसा मे ले निवर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले अघि सारेको सामाजिक न्यायको अभियानलाई निरन्तरता दिने बताएकी छन्।
पदभार ग्रहण गरेलगत्तै सम्बोधन गर्दै उनले आफूले नेतृत्व गर्ने सरकार केही विशेष व्यक्तिको हितका लागि नभई सम्पूर्ण आम नागरिकको हितमा काम गर्ने बताइन्। डेभिड क्यामरुनले एक राज्य सरकार चलाईरहेको भन्दै त्यही भावना अनुसार आफूले पनि सरकारलाई अघि बढाउने उनको भनाई छ।
पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री मे ले नयाँ मन्त्रीमण्डलमा ६ जना नियुक्त गरेको सिएनएनले जनाएको छ। बेलायत ईयुबाट बाहिरिने पक्षका अभियन्ता लण्डनका पूर्व मेयर बोरिस जोन्सन लाई विदेशमन्त्री र लियाम फक्सलाई अन्तर्राष्ट्रिय व्यापार हेर्ने गरी विदेशमन्त्रीको जिम्मेवारी दिईएको छ।
निवर्तमान विदेशमन्त्री फिलिप ह्यामन्डलाई अर्थ क्षेत्र हेर्ने गरी चान्सलर, पूर्व उर्जामन्त्री अम्बर रुडलाई गृहमन्त्री, डेभिड डेभिसलाई ब्रेक्जिट मन्त्रीका रुपमा नियुक्त गरिएको छ। रक्षा मन्त्री मिचेल फ्यालनलाई यथावत राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।