विश्व

सिरियामा ५० भन्दा बढी हवाई आक्रमण

Photo : si.wsj.net
असार ३१, २०७३

    मस्को : पूर्वी सिरियाली सहर पलमाइरामा इस्लामिक स्टेट (आईएस) जिहादीविरुद्ध रसियाले ५० भन्दा बढी हवाई आक्रमण गरेको समाचार छ। 

    गत मङ्गलबारबाट सो हवाई आक्रमण सुरु भएको रसियाली गृह मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

    सिरियाको पलमाइरा सहरनजिकै रहेको अन्तर्राष्ट्रिय आतङ्ककारी सङ्गठनका सशस्त्र एकाईलाई लक्ष्यगरी रसियाली हवाईबलले सो आक्रमणलाई बढाएको बताइएको छ। 

    रसियाली समाचार एजेन्सीबाट प्रकाशित विज्ञप्तिमा गत जुलाई १२ बाट सुरु भएको यस रसियाली हवाईबलले इस्लामिक स्टेटका लडाकू र उनीहरूको उपकरणलाई लक्ष्य गर्दै ५० भन्दा बढी हवाई आक्रमण गरेको जनाइएको छ। 

    हवाई आक्रमणमा १२ सर्वसाधारण मारिए 

    त्यसैबीच सिरियाको अलेप्पो सहरको छिमेकमा पर्ने सिरियाली विद्रोहीको बलियो प्रभाव रहेको दुई वटा इलाकामा भएको हवाई आक्रमणहरूमा कम्तीमा १२ जना सर्वसधारणको मृत्यु भएको एक मानव अधिकार समूहले जानकारी दिएको छ। 

    हवाई आक्रमणमा मारिएका ती सर्वसाधारणमा बालबालिकाहरू समेत रहेका जनाइएको छ। तरिक अल बाब छिमेकमा पर्ने इलाकामा भएको हवाई आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको र पर्वी सहरको सलहिन जिल्लामा भएको हवाई आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ। 

    यो हवाई आक्रमण सिरियाली सरकारसँग हो या रसियासँग आवद्ध हो सो भने प्रष्ट भएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]