राजनीति

आज बजेट पास गर्न नदिने माओवादीको निर्णय

फोटो : प्रचण्डको सचिवालय
असार ३१, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल भएपछि मात्र बजेट पारित गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रको कार्यालय समितिको बैठकले सरकार विरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल प्रक्रिया पूरा भएपछि मात्र अर्थ सम्बन्धी विधेयकहरु पास गर्ने निर्णय गरेको हो।

    बैठकपछि पार्टी प्रवक्ता पंफा भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी वली सरकारका विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पुरा भएपछि मात्र अर्थ सम्बन्धी विधेयकहरू पास गर्ने निर्णय गरेरेको छ।’

    संसदले गएको शनिबार आर्थिक वर्ष २०७३/७४ को वार्षिक बजेट सम्बन्धी विनियोजन विधेयक बहुमतले पारित गरेको थियो। तर राष्ट्र ऋण उठाउने, ऋण तथा जमानत सहितका बजेट सम्बन्धी तीन वटा आश्रित विधेयक पारित भएका छैनन्। यी विधेयकहरु पारित गर्न असार २९ गते संसद बैठक बोलाएपनि माओवादी केन्द्र र नेपाली कांग्रेसले त्यसै दिन सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो।

    माओवादी केन्द्रको निर्णयले शुक्रबार नै बस्ने संसद बैठक अन्यौलमा पर्ने भएको छ। अविश्वासको प्रस्ताव परिपक्व हुन एक हप्ता लाग्ने व्यवस्था अनुसार अझै ६ दिन बाँकी छ। 

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएर राजीनामा दिन आग्रह गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने अडान लिएपछि माओवादीले पनि पहिले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने त्यसपछि मात्र बजेट पारित गर्ने अडान लिएको हो। प्रधानमन्त्री र माओवादीको प्रतिष्ठाको लडाईंले असारभित्रै बजेट पारित हुने सम्भावना करिब टरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]