समाज : सुरक्षा/अपराध

कुटपिट गरी हत्या गरेको आरोपमा काकाभतिज समातिए

पुस ९, २०७७

    भद्रपुर : कुटपिट गरी हत्या गरेकोमा आरोपमा प्रहरीले काका भतिजलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेका छन्।

    झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय 'पुलिस' उपनामले चिनिने परशुराम गौतमको हत्या आरोपमा सोही ठाउँ बस्ने ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय 'भयंकर' भनिने भुखन किसानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए।

    आरोपित दुवै नाताले काका–भतिज हुन्। उनीहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। प्रहरीका अनुसार गत पुस ३ गते बिहान साढे ७ बजे टाउको फुटेर अनुहारभरि रगत भएको अवस्थामा गौतम मृत फेला परेका थिए। 

    घटनापश्चात् प्रहरीले अनुसन्धानका लागि सोही दिन संघीय प्रहरी इकाइ प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएका थिए। त्यसपछि घटना शंकास्पद देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको डिएसपी पोखरेलले बताए।

    अनुसन्धान क्रममा पुस २ गते साँझ गौतमको घरमा काका–भतिज पुगेका र उनीहरूले रातभर मादक पदार्थ सेवन गरी फरार भएका थिए। दुवै जनाको खोजतलास गर्दा पुस ७ गते बुधलाललाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको डिएसपी पोखरेलले बताए।

    दुवै पक्षबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरी मारेको बुधलालकै बयानका आधारमा बताएका थिए। यता पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]