समाज : सुरक्षा/अपराध

बलात्कारको मुद्दा गाउँमै मिलाउन खोज्‍ने वडाध्यक्ष धराैटीमा रिहा

पुस ९, २०७७

    बैतडी : बलात्कार मुद्दा गाउँमै मिलापत्र खोज्ने सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँद धराैटीमा रिहा भएका छन्। उनीसँगै अन्य ४ जना धरौटीमा रिहा भएका छन्। त्यस घटनाका एक अभियुक्त भने समान्य तारेखमा रिहा भएका जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराले जानकारी दिए।

    जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासमा बुधबार भएको थुनछेक बहसपछि सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँद, स्थानीय अमरसिंह धामी, मनोजसिंह धामी, राजेन्द्रसिंह धामी र नरबहादुर धामी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका हुन्। स्थानीय गोपालसिंह धामी भने सामान्य तारेखमा रिहा भएका छन्।

    जबरजस्ती करणी तथा सार्वजनिक न्यायविरुद्ध कसुरमा पक्राउ परेका उनीहरु रिहा भएका हुन्।

    घटनाका मुख्य आरोपी सिगास–३ का दीपक सिंह धामी भने फरार छन्। सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको भए पनि गएको महिनामात्रै घटना बाहिर आएको थियो। 

    घटना बाहिरिए पछि गाउँमै मिलाउन खोज्ने वडाध्यक्ष सहितका ६ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो। पीडितका आफन्तलाई एक तोला सुन दिने भन्दै घटना गाउँमै मिलाउन खोजिएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको बुझिएको छ।

    बलात्कारका मुख्य आरोपीका नाममा पक्राउ पुर्जी जारीसमेत जारी भइसकेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]