राजनीति

नेकपाको दाहाल-नेपाल पक्ष जुलुससहित निर्वाचन आयोग जाँदै, सुरक्षा व्यवस्था कडा

पुस १०, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचणड र माधव नेपाल पक्ष नारा जुलुससहित निर्वाचन आयोग जाँदै छ। प्रदर्शनकारीहरूसहित निर्वाचन क्षेत्रमा यो समूह जाने भएपछि यस क्षेत्रको सुरक्षा व्‍यवस्था कडा बनाइएको छ।

    संसद विघटनविरुद्ध आन्दोलन शुरु गरेको छ।  प्रचण्ड-नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको हो। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।

    प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ। निर्वाचन आयोग पुगेर आफु वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो।

    त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]