धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष नारा जुलुससहित निर्वाचन आयोग पुगेको छ। संसद् विघटनविरुद्ध आन्दोलन गर्दै आफ्नो पक्षलाई नै आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेको हो।
शुक्रबार माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगेका हो। जुलुसमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी थिए।
आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको बताइएको छ।
त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।