काठमाडौं : बौद्ध धर्मावलम्बी तामाङ समुदायले तेमाल जात्रा मनाउँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा यो जात्रा शुरु हुन्छ। परिव...
काठमाडौं : निर्वाचन आयोगमा नेताहरूको भिड लागेको छ। पुस ५ गते संसद् विघटन भएपछि त्यसको विरोधमा सत्तारूढ नेकपा नै दुई ध्रुवमा विभाजन भइसकेको छ।
एक समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व गरेका छन्। यी दुवै समूहले आफू-आफूलाई नै वैधानिक नेकपा रहेको दाबी गर्दै आएका छन्।
निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह |
जुलुसमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी थिए। आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।