इलाम : इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचन आयोग पुगेर दुई तिहाई केन्द्रीय सदस्य उपस्थित हुन तयार रहेको बताएका छन्। सूर्य चिन्ह दाबी गर्न बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न पुगेका दाहालले दुई तिहाई केन्द्रीय सदस्यको शरीर नै उपस्थित गराउन तयार रहेको बताएका हुन्।
प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा ३१५ जना सहभागी रहेको बताउँदै आयोगमा पनि सहभागी भएर सनाखत गराउन आफ्नो समूह तयार रहेको बताएका हुन्।
आज भने दाहाल–नेपाल पक्षका २९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित बुझाएर आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका हुन्। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुले आयोग कार्यालय पुगेर हस्ताक्षर बुझाएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।