इलाम : इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णय एवं आन्दोलनका कार्यक्रमका बारेमा जानकारी गराउन आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्दै छ। बबरमहलको कार्की व्यांकेट बैठकस्थलबाट अध्यक्षद्वयका साथ वरिस्ठ नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको हो।
पुस ५ गते संसद् विघटन भएपछि त्यसको विरोधमा सत्तारूढ नेकपा नै दुई ध्रुवमा विभाजन भइसकेको छ। एक समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व गरेका छन्।
यी दुवै समूहले आफू(आफूलाई नै वैधानिक नेकपा रहेको दाबी गर्दै आएका छन्। त्यसै क्रममा शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आफूहरूलाई आधिकारिकता दिन भन्दै नारा जुलुससहित निर्वाचन आयोग पुगेको छ। माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगिसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।