काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।
यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले तत्काल उक्त सिफारिस स्वीकार गरी संसद् विघटन गरी मध्यावधि चुनावसमेत तोकेकी थिइन्।
प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।