समाज

जसपा कार्यकर्ताले ओखलढुंगामा प्रधानमन्त्रीको पुत्ला जलायो

पुस १०, २०७७

    ओ‌खलढुंगा : जनता समाजवादी पार्टी ओखलढुंगाले ओखलढुंगामा राष्ट्रपती र प्रधानमन्त्रीको पुत्ला जलाएको छ। संसद् विघटन गरेको विरोधमा जसपाले सदरमुकनमको गोरुमारे भञ्ज्याङ्गमा पुत्ला जलाएको हो।

    समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले ,ओखलढुंगाको सदरमुकामस्थित मिलनचोक (गोरुमारेभञ्ज्याङ) मा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला जलाएका थिए।

    संविधानको बर्खिलाप गर्दै संसद विघटन गरी आमनागरिकहरुको विश्वासको मतलाई अपमान गरेको तथा महामारीको बेला देशलाई थप आर्थिक भारतर्फ धकेलेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको जसपा जिल्ला अध्यक्ष नरेश नेम्वाङले बताए।

    संसद विघटनको विरोधमा पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको जनता समाजवादी पार्टीले शनिबार मसाल जुलुस तथा आइतबार विरोध र्‍याली प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको उनले बताए।

    पुत्ला दहन पश्चातको कोण सभालाई जनता समाजवादीका नेता नेत्र बहादुर नेम्वाङ नरेश र खेम खड्का लगायत नेताले सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]