खेलकुद

रहाणेको कप्तानीमा भारतद्वारा प्लेइङ–११ घोषणा, ककसले पाए माैका?

पुस १०, २०७७

    डडेल्धुरा : अष्टेलियाविरुद्धको दोस्रो टेष्ट खेल्ने भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले खेल हुन एक दिनअघि नै प्लेइङ–११ घोषणा गरेको हो।

    भारत र अष्ट्रेलियाबीचको चार म्याचको टेष्ट सिरिजअन्तरगत दोस्रो म्याच शनिबारदेखि सुरु हुँदैछ। यी दुई टिमबीचको दोस्रो टेष्ट मेलबर्नमा हुनेछ। विराट कोहलीको अनुपस्थितिमा टोलीको कप्तानी अजिंक्य रहाणेले गर्नेछन्। भारतीय टिमको लागि टेस्ट क्रिकेटमा दुई खेलाडीले डेब्यु गर्ने भएका छन्। ओपनर शुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराज टेष्ट क्रिकेटमा डेब्यु गर्न लागेका हुन्।

    यसबाहेक भारतीय टिममा चार खेलाडी परिवर्तनका साथ मैदानमा उत्रिने छ।

    पृथ्वी शा, विराट कोहली, ऋद्धिमान साहा र मोहम्मद शामी प्लेइङ–११ बाट बाहिरिएका छन्। यद्यपि रहाणे कुन नम्बरमा ब्याटिङ गर्ने भन्ने बारेमा जानकारी खुलेको छैन। ​बसिसिआईले पृथ्वी शाको स्थानमा शुभमान गिललाई मौका दिएको छ। विराट कोहलीको ठाउँमा रवीन्द्र जडेजालाई टिममा अटाएका छन्।

    शामीको ठाउँमा सिराजले मौका पाएका छन्। ऋषभ पन्तले दोस्रो टेष्ट म्याचको लागि ऋद्धिमन साहको स्थानमा प्लेइङ–११ मा स्थान बनाएका छन्।

    भारतको प्लेइङ–११

    अजिंक्य रहाणे (कप्तान), मयंक अग्रवाल, शुभमान गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, पन्त (विकेटकिपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, उमेश यादव, जसप्रीत बुमराह र मोहम्मद सिराज।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]