समाज

पाँच करोड लगानीमा सामूहिक बाख्रापालन

पुस ११, २०७७

    सल्यान : शारदा नगरपालिका–५ रानीकोटमा करिब पाँच करोड रुपैयाँ लागनीमा व्यावसायिक बाख्रापालन थालिएको छ। रानीकोटका २० घरपरिवारले सामूहिक रुपमा बाख्रापालन गरेका हुन्।

    पहिले एक्लाएक्लै बाख्रापालन गर्दै आइरहेका उनीहरुले अहिले सामूहिक रुपमा थालेका हुन्। राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेर सामूहिक बाख्रापालन थालिएको छ। कम्पनीमा एकजनाले एक लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको राष्ट्रिय कृषि विकास कम्पनीका अध्यक्ष किरण शाहीले बताए।

    कर्णाली प्रदेशमै बाख्रा स्रोत केन्द्रको रुपमा स्थापित गराउन सामूहिक बाख्रापालन सुरु गरेको उनको भनाइ छ। अहिले  फार्ममा २५० वटा बाख्रा रहेका छ।

    सामूहिक बाख्रापालनमा लागेपछि जंगल चराउन लैजान दुःख हट्नुका साथै आम्दानी पनि भइरहेको स्थानीय चम्फा शाहीले बताइन्। ‘पहिले घरमा चारवटा बाख्रा थिए। ती बाख्रा लगेर जंगल जानु पथ्र्यो,’ उनले भनिन्, ‘तर समूहमा आवद्ध भएपछि धेरै सहज हुनुका साथै आम्दानी पनि बढ्न थालेको छ।’

    बाख्रा सा्रेत केन्द्रको रुपमा विकास गर्न खोर निर्माण र बाख्रा खरिद गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले लागत साझेदारी गरेको छ। बाख्रा स्रोत केन्द्र स्थापना गरी जिल्लामै बोयर जातका बाख्रा उत्पादन गरेर प्रत्येक स्थानीय तहमा पु¥याउने कार्यालयले लक्ष्य लिएको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यक्षले बताए।

    बाख्रालाई आवश्यक घाँसका लागि ४०० रोपनीमा घाँस खेती पनि गरिएको छ। सहजै खसीबोका बिक्री हुने र लगानी अनुसारको राम्रो आम्दानी लिन सकिने भएकाले स्थानीयको सामूहिक बाख्रापालन जिल्लाको प्रमुख आम्दानीको स्रोत रहेको उपाध्यायले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]