राजनीति

ओलीको गृह जिल्लामै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

पुस ११, २०७७

    भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरिएको छ। प्रधानमन्त्री ओलीको गैर संवैधानिक कदमविरुद्ध विरोधमा प्रदर्शन गर्दै जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका हुन्।

    पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार जनता समाजवादी पार्टीले शुक्रबार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड  युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको पुतला गरेसँगै सुरक्षाकर्मीले तत्काल आगो निभाएका थिए।

     संसद् विघटनको असंवैधानिक निर्णय मान्दैनौँ, निरकुंशता तथा अधिनायकवाद मुर्दावाद भन्दै ब्यानरसहित प्रदर्शनमा उत्रिएका समाजवादीका कार्यकर्ताहरूले सदरमुकाम बजार परिक्रममा गर्दै कोणसभामा परिणत भएका थिए।

    कोणसभा बोल्दै पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी मुलुकलाई ध्वस्त बनाउने खेलमा लागेको आरोप लगाए।

    प्रधानमन्त्री ओली निरंशता तथा अधिनायकवाद तर्फ लागेको आरोप लगाउँदै समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले संसद् विघटनको निर्णय तत्काल फिर्ता गर्नु पर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, देउकुमार नेम्बाङ, विद्यार्थी नेता दिनेश दंगाल लगायतले मन्तव्य राखेको जनता समाजवादी पार्टीका भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]