काठमाडौँ : समयसँगै मानव मस्तिष्कको आकार विस्तारै विस्तारै बढिरहेको अध्ययनले देखाएको छ। योसँगै मानव मस्तिष्कको आकार विस्तारै बढ्दै छ...
कपिलवस्तु : खोप उपलब्धता र प्रयोगमा देशकै पछाडि रहेको कपिलवस्तुलाई अब पूर्ण खोपयुक्त जिल्ला बनाइने भएको छ। यसै वर्षभित्र पूर्ण खोपयुक्त बनाउनका लागि तयारी शुरू भएको छ।
लुम्बिनी प्रदेशका बाँके, बर्दिया, पूर्वी रुकुम र कपिलवस्तु गरी ४ जिल्ला पूर्ण खोप हुन बाँकी छन्। प्रदेशलाई पूर्ण खोपयुक्त बनाउने योजनाअनुसार कपिलवस्तुमा समेत तयारी तीव्र पारिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले असारभित्र सबै पालिकामा रहेका २३ महिना मुनिका बालबालिकालाई चैत्रभित्र खोप लगाउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। कार्यालयले पुस १५ भित्र १० स्थानीय तहमा सूक्ष्म योजना निर्माण गरी ‘खोज र खोप’ अभियानमा जुट्ने तयारी भएको खोप अधिकृत चिन्तामणि अधिकारीले बताए।
सबै स्थानीय सरकारले फागुनभित्र खोप लगाउन छुटेका बालबालिकाको तथ्याङ्क निकाल्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी छुटेका बालबालिकालाई चैत्रसम्ममा खोप लगाइने छ।
स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुमा जिल्ला खोप लगाउनेको तथ्याङ्कका आधारमा सबै भन्दा पुछारमा रहेको छ। जिल्लाभरि ६९.१ प्रतिशत बालबालिकाले मात्र सबै खोप लगाउने गरेका छन्। जन्मेदेखि २३ महिनाको उमेरभित्र १२ रोगको विरुद्ध ८ प्रकारका खोप लगाउने गरिन्छ।
कपिलवस्तुमा खोप केन्द्र र समुदायको दूरी टाढा हुँदा र समुदायमा खोपको महत्त्व थाहा नहुँदा धेरै बालबालिका खोपबाट वञ्चित भएको युनिसेफका सूचना अधिकृत सिर्जना पाठकले बताइन।
पूर्ण खोप घोषणा भएका स्थानीय तहमै छुट्दै
कपिलवस्तुका बुद्धभूमि नगरपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिका २ वर्ष अगाडी पूर्ण खोप घोषणा भएका थिए। घोषणा भएका पालिकामा गत वर्ष खोप लगाइएको तथ्याङ्क हेर्दा ८० प्रतिशत बालबालिका मात्र सबै खोपको पहुँचमा रहेका देखिएको छ।
शिवराज नगरपालिकाको ८२ प्रतिशत, वाणगंगा नगरपालिका ८०.८ प्रतिशत, बुद्धभूमि नगरपालिका ६५.२ प्रतिशत सबै खोप लगाउने बालबालिकाको तथ्याङ्क रहेको छ।
यसैगरी कृष्णनगर नगरपालिकामा ५०.५, महाराजगन्ज नगरपालिकामा ५५.५, शुद्धोधन गाउँपालिकामा ५५.१५, कपिलवस्तु नगरपालिका ६३.४५, मायादेवी गाउँपालिकामा ७५.४५ बालबालिका पूर्ण खोपको दायरामा आएका छन्।
यशोधरा गाउँपालिकामा मात्र ९८.९५ बालबालिका पूर्ण खोपको दायरामा आएका छन्। गत वर्ष पूर्ण खोप घोषणाका लागि अभियान सञ्चालन गरेको हुँदा यशोधरा गाउँपालिकाको धेरै बालबालिकाले पूर्ण खोप लगाएका थिए।
पूर्ण खोप घोषणा हुन ९० प्रतिशतभन्दा धेरै बालबालिकाले खोप लगाएको हुनुपर्ने मापदण्ड रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।