काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
डडेल्धुरा : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश २ ले लुम्बिनी प्रदेशलाई ७८ लक्ष्य दिएको छ। दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनायो।
उसका लागि साना प्रविन र अनुराधा चौधरीले समान २१-२१ रन बनाइन्। यस्तै, विमला मगरले १० रन जोड्दा रोजी कडारी १ रनमा अविजित रहिन्। बाँकी खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा लुम्बिनीकी सुस्मिता भुसालले सर्वाधिक ३ विकेट लिइन्। चार ओभरमा मात्र १० रन खर्चेर ३ विकेट झारेकी हुन्।
यस्तै, स्वस्तिका बजागाईं, नेरी थापा मगर र गीता गोसाईले एक–एक विकेट लिए। प्रदेश २ को प्लेइङ–११ मा सरस्वती चौधरी (कप्तान), शोभा आले (उपकप्तान), सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, र साना प्रविन छन्। त्यस्तै, लुम्बिनी प्रदेशको प्लेइङ–११ मा नेरी थापा मगर (कप्तान), सरस्वती पुन (उपकप्तान), गीता गोसाई, स्वस्तिका बजागाईं, सरस्वती घर्तीमगर, लक्ष्मी चौधरी, सर्मिला रोका मगर, कृतिका मरासैनी, वर्षा राना, नितु भण्डारी, र सुस्मिता भुसाल छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।