काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
काठमाडौं : लुम्बिनी प्रदेशले दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनीले विजयी सुरुवात गरेको हो।
प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो। लुम्बिनीको जितमा गीता गोसाईंले ४२ बलमा २ चौकासहित सर्वाधिक अविजित २३ रनको योगदान दिइन्।
यस्तै, सरस्वती घर्तीमगरले २२ रन जोड्दा कप्तान नेरी थापा मगर १५ रनमा नटआउट रहिन्। बलिङमा कविता गौतमले एक विकेट लिइन्। यसअघि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनाएको थियो।
उसका लागि साना प्रविन र अनुराधा चौधरीले समान २१/२१ रन बनाइन्। यस्तै, विमला मगरले १० रन जोड्दा रोजी कडारी १ रनमा अविजित रहिन्। बाँकी खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा लुम्बिनीकी सुस्मिता भुषालले सर्वाधिक ३ विकेट लिइन्। चार ओभरमा मात्र १० रन खर्चेर ३ विकेट झारेकी हुन्। यस्तै, स्वस्तिका बजागाईं, नेरी थापा मगर र गीता गोसाईले एक–एक विकेट लिइन्। दोस्रो खेलमा लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ। आइतबार प्रदेश नम्बर २ ले एपीएफसँग खेल्नेछ। आज दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।