काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारीसाथ राष्ट्रसेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारीसाथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे।
रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ शनिबार आयोजना गरेको कार्यक्रममा उनले उच्च नैतिकता र इमान्दारीसाथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए। मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गरे। उच्च नैतिकता र इमान्दारीसाथ काम गर्न उनले सबैलाई आग्रह गरे। मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुँगुदेखि मुगुसम्म’ नामक आफ्नो अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गरे। कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो।
मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको चर्चासमेत गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।