मनोरञ्जन

समसामयिक राजनीतिप्रति कलाकार गौतमको व्‍यंग्‍यसहित झटारो

पुस ११, २०७७

    काठमाडौं : कलाकारको सुबोध गौतमको नयाँ कार्यक्रम युट्युवमार्फत सार्वजनिक भएको छ। विगत लामो समयदेखि गनगन युट्युव च्यानलमार्फत विभिन्न विषयमा व्यग्य गर्दै कार्यक्रम निर्माण गरेका छन्। पछिल्लो समयमा नेपाली राजनितिमा भएको घटनाक्रमलाई गौतमले मिहीन ढंगले हास्यरस मिसाएर एपिसोड तयार पारेका हुन्।

    उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, नेता मोहन वैद्य किरण र पूर्वराजा ज्ञानेन्द्र शाहको प्यारोडी बनाएर  सर्वदलीय बैठकमा सरिक बनाइएको छ।

    देशमा भएको संसद् विघटन र राजा आऊ देश बचाऊ भन्ने नयाँ राजनितिक क्रियाकलापलाई कार्यक्रममा प्यारोडी रूपमा प्रस्तुत गरिएको छ। यो एपिसोडमा गौतम आफैँले क्यारिकेचर गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]