राजनीति

खबरदार! ओलीजी तपाईं राजा होइन, राजा बन्ने कुचेष्टा गर्नुभयो : सुरेन्द्र पाण्डे

अदालतले कसैको अनुहार हेरेर दायाँबायाँ गर्न सक्दैन

पुस ११, २०७७

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजा बन्ने कुचेष्टा गरेको आरोप लगाएका छन्। नेकपाको धादिङ काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन्। 

    ‘प्रधानमन्त्री ओलीले आफूलाई नयाँ राजाको रुपमा स्थापित गर्ने कुचेष्टा गर्नुभयो। तर, तपाईको यस्तो प्रयासलाई हामी हेरेर बस्ने पक्षमा छैनौँ’ उनले भने, ‘उहाँले असंवैधानिक गतिविधि गरी राख्नुभएको छ। त्यसको जवाफ जनताले दिन्छन्।’

    उनले प्रधानमन्त्री ओलीको यस्तो कदम टाढासम्म नजाने जिकिर गरे। ‘खबरदार! तपाईको राजा होइन। राजा बन्ने यन्त नगर्नुहोस्। तपाईंको प्रयासलाई हामीले रोक्छौँ। सफल हुन दिदैनौँ’, उनले भने।

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानविरोधी भएकाले संसद पुनःस्थापना हुने दाबी गरे। प्रधानमन्त्रीले असंवैधानिक गतिविधि गरेको भन्दै अदालतले व्यक्तिको अनुहार हेरेर निर्णय नगर्ने बताए। 

    प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा पार्टी फुटाउन नसक्ने दाबी गरे। ‘पार्टी विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दलमा पनि ४० प्रतिशत चाहिन्छ’, उनले भने, ‘अहिले पार्टी विभाजनका भएको छैन। उहाँले चोइट्याएर लानुभएको मात्रै हो।’ 

    प्रधानमन्त्रीले थपेको नयाँ केन्द्रीय सदस्यमा मान्य नहुने उनले बताए। प्रधानमन्त्री ओलीले थपेको मान्य हुने विधानमै छैन। बहुमतको कुरा मात्र मान्ने हुन्छ। निर्वाचन आयोगले पनि घर छाडेर जानेको हुदैन उनले भने, ‘अब ओलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ?’

    अदालतलाई पनि मान्छेको अनुहार नभएर कानुन हेरेर निर्णय गर्नका लागि अदालतलाई पनि आग्रह गरेका छन्। अदालतले कसैको अनुहार हेरेर दायाँबायाँ गर्न नसक्ने बताए।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अगाडिको बाटो देख्नै छाडिसकेका दाबी गरे। ‘उहाँले संसद विघटन गरेपछि उहाँको यात्रा ओरालोतिर लागिसक्यो। अब उहाँ त्यहाँबाट अगाडि बढ्नै सक्नुहुन्न’, उनले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]