समाज

खरखडाइ खुलेकै दिन निकुञ्ज प्रवेश गरेका एक जनाको ज्यान गयो

बर्दियाको उत्तरी क्षेत्रमा भालुको आक्रमणबाट अर्का एक जना पनि घाइते

पुस ११, २०७७

    बर्दिया : खरखडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेका बारबर्दियाका १ जनाको ज्यान गएको छ। राष्ट्रिय निकुञ्जले आज मात्रै तीन दिनका लागि खरखडाइ खुला गरेको हो। 

    निकुञ्जको चुरे क्षेत्रमा बनकस काट्न गएका बारबर्दिया सिउनिया घुस्राका ४२ वर्षीय वरन्तु थारुको भीरबाट लडेर ज्यान गएको हुन संक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

    बर्दियाको वनियाभारबाट सुरक्षाकर्मी र निकुञ्जको टोली घटनास्थल तर्फ गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।

    यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र भास्तल भन्ने ठाउँमा भालुको आक्रमणबाट १ जना घाइते भएका छन्।

    उनको आँखा र हातमा सामान्य चोट लागेको जनाइएको छ। घाइतेको नाम ठेगाना भने खुल्न नसकेको र घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर लगिएको निकुञ्जले जनाएको छ।

    बर्दिया राष्ट्रिय निकुञ्ज शनिबारबाट ३ दिनका लागि खुला गरिएको छ। खरखडाइका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालुलगायत वन्यजन्तुको आक्रमणमा परी बर्सेनि स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाइते हुनुपर्ने समस्या छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]