धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको ...
स्याङ्जा : वालिङ नगरपालिका–१४ तमादीमा गत असोज ८ गतेको पहिरोले एकै घरका नौजनाको ज्यान गयो। पहिरोले आमा, भाउजु, दाइभाइ समेत गुमाएकी मनिषा परियार मात्रै बाँच्न सफल भएकी थिइन्। उनी पनि पहिरामो परी घाइते भएकी थिइन्।
पहिरोले घरसँगै परिवारका सदस्य गुमाएकी मनिषालाई एसओएस बालग्राम पोखराले सहारा दिने भएको छ। उनको शिक्षादीक्षासहित लालनपालन गर्ने गरी जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति एवं वरिष्ठ परामर्शकर्ता सुमन बरालले बताए। मनिषालाई आत्मनिर्भर बनाउने र समाजमा पुनर्स्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको बरालले जानकारी दिए। उनलाई कक्षा ११ को विज्ञान संकायको पठनपाठनका लागि एसओएसले व्यवस्थापन गर्ने बरालले बताए।
विश्वभर १३६ राष्ट्रमा फैलिएको एसओएस बालग्रामको कार्यालय नेपालमा भने नौ स्थानमा छन्। पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका १४१ जना बालबालिका रहेको बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति बरालले जानकारी दिए।
वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणको रोहबरमा मनिषाको संरक्षक बालग्राम रहने गरी मनिषालाई पोखरा पठाइएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।