मनोरञ्जन

दंबग सलमान : जसले बलिउडको बक्स अफिसमा हलचल ल्याइदिए

फ्लप एक्सनबाट सुपरहिट रोमान्टिक हिरो

पुस १२, २०७७

    एजेन्सी : नायक सलमान आज आफ्नो ५५ औं जन्मदिन मनाउँदैछन्। हरेक वर्षजस्तै, सलमानले आफ्नो जन्मदिन पनवेलको फार्म हाउसमा मनाउने गर्छन्।

    सन् १९६५ डिसेम्बर २७ तारिखमा जन्मिएका सलमान बान्द्राको ग्यालक्सी अपार्टमेन्टमा परिवारसाथ बस्छन्। अपार्टमेन्ट बाहिर  सलमानको झल्को पाउन हजारौं फ्यान उपस्थित हुने गर्छन्।

    आमाको आदेशमा सलमान धेरै पटक बालकनीमा उभिने गर्छन्। त्यस समयमा प्रशंसकहरूको भेलाले  सवारी आवतजावत अस्तव्यस्त हुने गर्छ।

    प्रसिद्ध लेखक सलीम खानका जेठो छोरा सलमानको ३० वर्षको फिल्म करिअरमा धेरै उतारचढाव भोगेका छन्। बलिउडमा उनी बक्स अफिसका सबैभन्दा शक्तिशाली अभिनेता मानिन्छन्।

    फिल्म इतिहासकार एसऔसाजाले बिबिसीमा सलमानबारे चर्चा गरेका छन्।  

    रोमान्टिक नायक सलमान 

    सलमानले १९८८ को चर्चित फिल्म 'बिबी हो तो ऐसी'मार्फत बलिउडमा प्रवेश गरेका थिए।

    त्यस समयमा, सुरज बडजात्या आफ्नो पहिलो फिल्मका लागि एक कलाकारको खोजीमा थिए। अन्त्यमा उनले सलमानलाई कास्ट गरेका थिए। सन् १९८८ मा, 'मैने प्यार किया' त्यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्यो र उनी रातारात हिट अभिनेता बने।

    त्यसपछि उनले रोमान्टिक नायकको दर्जा पाए। यद्यपि त्यसअघि एक वर्ष उनी बेरोजगार बसेका थिए। तर पछि उनीसँग धेरै चलचित्रहको अफर आयो। जसमा उनका रोमान्टिक फिल्महरू सुपरहिट भए।

    जस्तै 'साजन', 'हम आपके है कौन', 'प्रेम', 'प्यार किया तो डरना क्या', 'कुछ कुछ होता है', 'हम दिल दे चुके सनम', 'दुल्हन हम हम ले जायेंगे', बिबी न-१' र हम साथ-साथ है' हुन्। 

    औसाजा भन्छन्, 'शुरुमा सलमानसँग रोमान्टिक नायकको छाप छोड्न सफल भए। उनले यो छवि लामो समय जोगाएर राखे।' 'मैने प्यार किया' र 'हम आपके हैं कौन' यति धेरै हिट भयो कि उनी रोमान्टिक नायकको छविबाट बाहिर निस्कन सकेन। उही समयमा, उनको एक्सन फिल्म 'बागी' आयो तर यो फिल्म फ्लप भयो।

    एक्सन हिरोको छवि

    औजाका अनुसार, सलमान खानले फिल्म बाघीमा एक्सन विधामा जान खोजेका देखिन्छ। तर उनी असफल भए। यद्यपि उनले आफ्नो करिअरको पहिलो दुई दशकमा केही एक्सन फिल्म पनि गरे। जस्तै - 'करण अर्जुन', 'वीरगति' र औजार। तर यसले उनको रोमान्टिक नायकको छवि परिवर्तन गर्न सकेन।

    २००९ मा बोनी कपुरले साउथ फिल्म 'पोकरी', 'वान्टेड' को हिन्दी रिमेक बनाए। जुन प्रभुदेवाले निर्देशन गरेका थिए। त्यतिखेर बोनी कपुरका कुनै चलचित्र चलिरहेको थिएन। सलमान पनि आफ्नो करिअरको नराम्रो अवस्थाबाट गुज्रिरहेका थिए।

    तर, यी फिल्म हिट बन्न पुगे। सलमानको छविलाई एक्सन हिरोको रुपमा खडा गरिदियो। त्यसपश्चात् उनी प्राय एक्सन फिल्ममा देखा परे। १०० करोड कमाउने फिल्मको हिस्सा बन्ने क्रम बढ्दै गयो।

    चलचित्र उद्योग विश्लेषक अतुल मोहन 'वान्टेड'बारेमा भन्छन्, 'वान्टेड ढिलो प्रदर्शनमा आयो। एकल स्क्रिन र मल्टिप्लेक्स दुवैमा धमाका मच्चायो। पहिले सबै ठूला अभिनेता दीपावलीमा  फिल्म रिलिज गर्थे। 'वान्टेड'  ईदमा प्रदर्शन भयो। यो फिल्मले ईदलाई थप रोचक बनाइदियो।'

    वान्टेडपछि  सलमानका फिल्महरू ईदमा रिलिज भए। हिट पनि हुन थाले। जस्तै 'बडिगार्ड, 'दबंग', 'किक', 'एक था टाइगर', 'बजरंगी भाइजान' र 'सुल्तान' अत्यधिक हिट मात्र भएनन्। सलमानको करिअरको पूर्वार्द्धको समयलाई यसले ब्रेकसमेत गरिदियो। 

    अतुल मोहन सलमानले वान्टेडपछि दर्शकले आफूबाट के चाहन्छन् भन्ने बुझेको बताउँछन्। 'वान्टेड'अघि उनले वर्षमा चार वटा फिल्म खेल्थे। जसमध्ये केही हिट र धेरै फ्लप थिए। उसले वान्टेडपछि हिट फिल्मले स्थिरता पायो र वार्षिक एक वा दुई फिल्म गर्न सुरु गरे।

    दर्शकसँग कनेक्ट

    सलमानका फ्यानलाई फिल्म उद्योगमा पागल प्रशंशकको दर्जा दिइन्छ। सलमानले आजसम्म विवाह गरेनन्। जसले उनका महिला प्रशंसक बढी छन्। 

    त्यस्ता  डाइ हार्ड फ्यानबारे औसाजा भन्छन्, 'सलमानले रोमान्स र एक्सन फिल्महको सुन्दर सन्तुलन सिर्जना गरेका छन्। कुनै पनि स्टारले यी दुई विधालाई सँगै राख्न सकेको छैन तर रोमान्स र एक्सन दुवैमा सलमानले सुपरहिट फिल्म दिए। यस कारण उनको कल्पनाको दायरा पनि ठूलो छ। यी फ्यानका कारण बक्स अफिसमा उनको हालीमुहाली छ। यसैले उनका फिल्मले राम्रो कमाइ गर्छन्।'

    उनी भन्छन्, 'सलमान सबैभन्दा राम्रो कलाकारमा गनिन सकेका छैनन्। तर उनको शैली र व्यवहार एकदमै अनौठो छ जसका कारण उनको प्रशंसक बढी छन्। उनको शैली पनि फिल्मजस्तै छ। दबङ शैलीमा चश्मा लगाउने, नाडीमा निलो ब्रासलेट लगाएर र हिंड्ने।'

    जहाँ आमिर खान एक बुद्धिमान सुपरस्टार मानिन्छ र शाहरुख खान विदेशी दर्शकहरुका लागि राजा मानिन्छन्। सलमानले भने घरेलु दर्शकहरुमा आफ्नो गहिरो छाप छोडेका छन्। त्यसैले उनलाई, 'आम जनताको हिरो', पनि भन्ने गरिन्छ।

    औसाजाले सलमानको करियरको सुरुमा भएको एउटा घटनालाई बयान गर्छन्, 'जब 'हम आपके हैं कौन' हिट भएपछि सलमानलाई सोधिएको थियो, 'के तपाई फिल्म उद्योगका नयाँ सुपरस्टार हो? जवाफमा सलमानले भने कि, 'फिल्म उद्योग मसँग एक मात्र सुपरस्टार छ र त्यो हो अमिताभ बच्चन।'

    सलमान 'बिइंग ह्युमन' नामको संस्था चलाउँछन्। जसमार्फत उनले धेरै गरिब जनताका लागि आर्थिक सहयोग गरेका छन्। यसैले उनलाई फिल्म उद्योगको 'परोपकारी तारा' पनि भनिन्छ। यी र यही कारणले पनि मानिसहरूमा उनको लोकप्रियता बढेको हो। 

    सलमान खान र प्रयोग

    २०१५ मा सलमान खान ५० वर्षको भए र उनको फिल्म 'बजरंगी भाइजान'ले उही वर्ष ईदमा धमाका मच्चायो। अक्सर सलमानको आलोचना गर्नेहरूले पनि यो फिल्म मन पराए। यो उनको जीवनको सर्वश्रेष्ठ फिल्मको रुपमा गनियो।

    अतुल मोहन भन्छन्, 'बजरंगी भाइजान एक प्रयोग थियो, जहाँ कुनै एक्सन थिएन। दर्शकहरूले अपेक्षा गरेका थिए कि पाकिस्तान जाने सलमान खानको चरित्र फिल्म 'गद्दार' जस्तो लडाईं हुनेछ। तर फिल्ममा कुनै एक्सन राखिएन।'

    यसको बाबजुद, सलमान खानको सानी केटीसँगको केमेस्ट्री दर्शकहरूलाई भावनात्मक बनायो र यो फिल्म प्रयोग सफल भयो।

    यसपछि सलमानले 'ट्युबलाइट' र 'भारत' मा आफूलाई प्रयोग गरे। तर, दर्शकले अस्वीकार गरिदिए। सलमानको एक्सन अवतार 'दबंग ३' र 'रेस ३' लाई पनि दर्शकहरूले खासै मन पराएनन्। यी फिल्महरूले १०० करोडभन्दा बढी भने कमाएका थिए।

    सलमानले फिल्म वितरकहरुलाई 'ट्युबलाइट' नचलेकोले क्षतिपूर्ति पनि दिएका थिए।

    फिल्म उद्योगको विवादमा सलमान

    सलमानले अरू कुनै पनि स्टार जत्तिकै ख्याति पाएका छन्। तर यस ख्यातिसँगै उनी विवादको घेरामा भने रहिरहे। २००२ को हिट एन्ड रन केसले उनको आलोचना भयो। जुन २०१५ मा निर्दोष साबित भए। कालो हरिन शिकारको मामला अझै मुद्दा अदालतमा चलिरहेको छ।

    २६/११ मुम्बई हमलासम्बन्धी बयानको कारण उनी विवादमा तानिएका थिए। त्यसबेला मुम्बई हमलामा पाकिस्तानलाई दोष नमिल्ने उनले बयान दिएका थिए। उनले यसका लागि पछि माफी मागेका थिए।

    २०२१ र सलमानको जिम्मेवारी

    सलमानलाई फिल्म उद्योगको सबैभन्दा विश्वसनीय सुपरस्टार मानिन्छ। उनका फिल्महरु जबरजस्त ओपनिङ गर्ने गर्छन्। कोरोना महामारीको कारण २०२० मा थिएटरहरू बन्द भए। वर्षको अन्त्यमा, खुला थिएटरमा दर्शकको अभाव खेपिरहेका छन्।

    अतुल मोहन भन्छन्, '२०२१ मा सलमानको फिल्म 'राधे' र अक्षय कुमारको फिल्म 'सूर्यवंशी'ले फिल्म जगतका लागि ठूलो आशा राखेका छन्। जसले दर्शकलाई थिएटरमा ल्याउन सक्दछन्।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]