राजनीति

ओलीको असंवैधानिक कदमविरुद्ध पर्सामा जसपाको प्रदर्शन

पुस १२, २०७७

    पर्सा : अनायाश प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा जनता समाजवादी पार्टी ( जसपा ) नेपाल पर्साले विरोध प्रदर्शन गरेको छ। असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गरिरहने बताउँदै आएको जसपाले आज पनि पर्सामा प्रदर्शन गरेको हो।

    जसपा पर्साका नेता कार्यकता सहभागी प्रदर्शनले वीरगन्ज नगर परिक्रमा गरी वीरगन्जको घण्टाघर चोकमा कोण सभा गरेको छ। कोण सभालाई प्रदेश २ का प्रदेश सभासदस्य रमेश पटेल, करिमा बेगम, शिव पटेल लगायतका जसपाका नेता कार्यकर्ताले सम्बोधन गरे। संबोधनका क्रममा असंबैधानिक कदम अविलम्ब सच्याउनु पर्ने, संसद स्थापना गरिनु पर्ने कुरामा उनीहरुको जोड छ।

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पुरुषोत्तम झा पर्सा अध्यक्ष राम नरेश यादव लगायतका नेता कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]