खेलकुद

लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकियो

पुस १३, २०७७


    काठमाडौं :  इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ब्रोमविचसँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा  खेलमा लिभरपुल वेस्टब्रोमसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

    लिभरपुलका लागि साडियो मानेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि वेस्ट ब्रोमविचका लागि सेमी अजयीले खेलको ८२औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

    यो बराबरीपछि लिभरपुलको १५ खेलमा ३२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एभर्टनभन्दा ३ अंकले अगाडी रहेको छ। त्यस्तै वेस्ट ब्रोमको ८ अंक रहेको छ।

    त्यस्तै गएराति नै भएको खेलमा टोटनह्याम पनि उल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो। बराबरीपछि टोटनह्यामको १५ खेलमा २६ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]