काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...
रौतहट : रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गत साउन यता स्रोत नखुलेको ८७ लाख रुपैयाँ बरामद गरेको छ।
पछिल्लोपटक गत शनिबार सीमा क्षेत्र गौर नगरपालिका–४ बाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। पक्राउ पर्नेमा भारतको बिहार सितामढी थाना बैरगनिया गाउँ फुलबरियाका २३ वर्षीय रोहित जैसवाल र ४० वर्षीय ललन कुमार रहेको प्रहरी उपरीक्षक शाहले बताए।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेक जाँच गर्दा रकम फेला परेको हो। उनीहरुको साथबाट ६ र ६ लाख रुपैयाँ भेटिएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।