मनोरञ्जन

शास्त्रीय संगीत महोत्सव : लयमा फर्कन अनुष्ठान

पुस १३, २०७७

    काठमाडौं : राजनीतिक गतिविधि तातिएको र कोरोनाजन्य कारणले चिसिएको देशको सृजनात्मक वातावरणमा शास्त्रीय सङ्‌गीतज्ञहरू पुरानै लयमा फर्कन अनुष्ठानमा जुटेका छन्।

    नेपाल सङ्‌गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा राजधानीमा जारी सप्ताहव्यापी शास्त्रीय सङ्‌गीत सम्मेलन-२०७७ मा सहभागी सङ्‌गीतज्ञहरूको सिर्जनाले सुषुप्त प्रायः अवस्थामा रहेको नेपालको शास्त्रीय सङ्‌गीत क्षेत्रलाई पुन: तरङ्गित तुल्याउने अपेक्षा राखिएको छ।

    संगीत प्रवीण नरराज ढकालको शत वार्षिकीमा उनीप्रति समर्पित गरेर पुस ९ गते बिहीबारदेखि शास्त्रीय संगीत सम्मेलन जारी छ।

    कार्यक्रमअन्तर्गत पहिलो दिन सङ्‌गीत प्रवीणका सुपुत्रद्वय प्रभुराज ढकाल र प्रतीक ढकालको गायन तथा रामकुमार अर्यालको सितारवादन भएको थियो। दोस्रो दिन मनमोहन थपलियाको गायन र नगेन्द्रविक्रम राईको बाँसुरीवादन प्रस्तुत भएको थियो। 

    तेस्रो दिन (शनिबार) प्रख्यात ध्रुपद गायक विष्णुप्रसाद आचार्यको ध्रुपदगायन, वरिष्ठ वादक बदन मण्डलको तबला वादन र सिद्धहस्त वादक सन्तोषभक्त श्रेष्ठको इसराज वादनले स्मरणीय छाप छोडेको आयोजकले दावी गरेको छ।

    सम्मेलनको चौथो दिन हिजो (आइतबार) चर्चित युवा गायिका लावनी चक्रवर्ती प्रसाईंको रागगायन र धनबहादुर गुरुङको शहनाई वादनबाट दर्शक/स्रोता मन्त्रमुग्ध भए। यी प्रस्तुतिहरूमा श्री केसीले हारमेनियम तथा जगन्नाथ धौगोडाले तबलामा साथ दिएका थिए।

    प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ 'रायन', प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्‌गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि, नेपाल शास्त्रीय सङ्‌गीत समाजका अध्यक्ष धनबहादुर गोपाली, महासचिव गोकुलम लिम्बू, त्रिवि ललितकला विभाग प्रमुख सङ्‌गीता राना प्रधान,मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिराबहादुर थापा लगायतले समग्र सङ्‌गीतको उन्नयनमा शास्त्रीय सङ्‌गीतको महत्त्व र यस कार्यक्रमले पुर्‍याउने योगदानबारे मन्तव्य राखेका थिए।

    कार्यक्रमअन्तर्गत शनिबार प्रसिद्ध ध्रुपद गायक विष्णुप्रसाद आचार्यको गायन तथा वरिष्ठ तबलावादक बदन मण्डलको तालवादन प्रस्तुति हुनेछ।

    आगामी शृङ्खलाहरूमा शिवराज पौडेल र डा. सीता थापाको गायन, मोहनप्रसाद जोशी र डङ्कनदास चौधरीको तालबादन तथा सुविमा श्रेष्ठ र स्वजन रघुवंशीको प्रस्तुती तय भएको विभागीय प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले जानकारी दिएका छन्‌।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]