समाज

बैतडीमा २ महिनाभित्र भएका सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाए

पुस १३, २०७७

    बैतडी : बैतडीमा दुई महिनाभित्र भएका सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन्‌। ​जिल्लाका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी दुई महिना अवधिमा २१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।

    गत कार्तिकदेखि अहिलेसम्म ८ वटा सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी ट्याक्टर दुर्घटनामा परेका छन् भने मानवीय क्षतिको हिसाबले बस दुर्घटनामा धेरैको ज्यान गएको छ।

    गएको कार्तिक १३ गते मेलौलीको हरडाखानमा ट्याक्टर दुर्घटना हुँदा एक बालक र कार्तिक २२ गते दोगडाकेदारको बडियामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

    यस्तै, कार्तिक २७ गते राती बैतडीको पाटन नगरपालिका-८ खोड्पे बजारनजिकै भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको थियो। त्यसको भोलीपल्ट कार्तिक २८ गते पाटन-६ जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको थियो। कार्तिक महिनामात्रै बैतडीमा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो।

    मंसिर ९ गते दशरथचन्द नगरपालिका १० बुड्डामा भएको जीप दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने पुस २ गते दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो।

    यस्तै, पुस ४ गते मेलौली नगरपालिका ९ मा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको थियो। यही पुस ९ गते सुर्नया गाउँपालिका-७ आलुगैरामा भएको बस दुर्घटनामा चालकको ज्यान गएको थियो।

    यो सँगै २ महिनाको अवधिमा जिल्लामा भएका सवारीसाधन दुर्घटनामा २१ जनाको मृत्यु भएको छ। ४४ जना घाइते भएका छन्। कच्ची सडक, चालकको लापरवाही र प्राविधिक कारणले सवारी दुर्घटना बढ्दै गएका ट्राफिक प्रहरीको निष्कर्ष छ।

    चालक कारागार चलान

    बैतडीको खोड्पे बस दुर्घटनाका चालक वीरेन्द्र कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    गत कार्तिक २७ गते खोड्पेमा भएका बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको थियो। सो घटना लगत्तै प्रहरीले चालक कार्कीमाथि सवारी ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो।

    कार्कीमाथि लागेको मुद्दाको अन्तिम फैसला नहुँदासम्म कारागार चलान गरिएको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराले जानकारी दिए।

    कार्तिक २७ गते राती खोड्पेमा बस दुर्घटना हुँदा बैतडीका एकै वडाका ३ सहित ९ जनाको ज्यान गएको थियो। सो घटनामा दार्चुला, कैलाली र कञ्चनपुरका २/२ जनाको ज्यान गएको थियो।

    तिहारको मुखमा भएको सो दुर्घटनामा परी होनहार युवाहरुको ज्यान गएपछि परिवारजनलाई समस्या भएको छ। घर नै रित्तो हुने गरेर भएको सो दुर्घटनाको घाउ बल्झिरहेको स्थानीयहरुले बताएका छन्।

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]