धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड– नेपाल समूहका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय चलखेल सुरु भएको बताएका छन्।
प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलुेको बताएका हुन्। संसद विघटन गर्ने अधिकार संविधानले नदिए पनि अख्तियारको दुरुपयोग गरेर प्रधानमन्त्रीले संसदको विघटन गरेको उनको दाबी छ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमले नेपाल पुनः अस्थिरतातर्फ जान थालेको नेता भट्टराईले बताए।संसद विघटन गर्ने कदमबाट नेपाल र नेपालीलाई माया गर्ने विदेशी समुदाय पनि दुःखी भएका उनको भनाइ छ।
नेता भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गरेर देशको राजनीतिक क्षेत्रमा भूकम्प आएको बताउँदै प्रदेश सरकारहरुमा सुरु भएको अविश्वासको प्रस्ताव त्यसको पराकम्प मात्रै भएको बताए।
यस्तै, प्रधानमन्त्री ओलीले पार्टीका कमिटी र संसदीय दलमा बहुमत गुमाउँदा पनि पद नछोडेर हुकुमी शैलीमा पार्टी र सरकर चलाउन खोज्दा नेकपा विभाजन भएको नेता भट्टराईको जिकिर छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।