राजनीति

नेकपा विवादको रन्को : जिल्ला दौडाहमा दुवै समूहका केन्द्रीय नेता

पुस १३, २०७७

    सुर्खेत : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय नेताहरु जिल्ला दौडाहमा निस्किएका छन्।

    ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेत र प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य निरज आचार्य र विष्णु रिजाल पनि सुर्खेत पुगेका छन्। यस्तै, रामदीप आचार्य पनि सुर्खेत हुँदै जाजरकोट लागेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि आइतबार मात्रै सुर्खेत पुगेर सोमबार गृह जिल्ला कालीकोट जाने कार्यक्रम रहेको छ।

    सुर्खेत पुगेका प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीको समूह वर्तमान संविधान र संघीयताविरुद्ध लागेको आरोप लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको भन्दै संघीयताको रक्षाका लागि फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था आएको बताए।

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रेस संगठनको आयोजनामा सोमबार भएको  पत्रकार सम्मेलनमा उनीहरुले सबै कमिटीमा प्रचण्ड–नेपाल समूह बहुमत रहेकाले आफूहरु नै आधिकारिक र संस्थापन नेकपा पार्टी हुने समेत दाबी गरे। प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवम विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए। संसदमा पर्याप्त बहुमत हुँदा हुँदै पनि एकलौटी रुपमा संसद विघटन गरेर संविधान र संघीयतामाथि प्रहार गरेको उनको आरोप छ।

    चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँहरुले नेकपा एकीकृत रहोस् भन्ने चाहेको भन्दै रिजालले यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने बताए।

    ‘दक्षिणतिरबाट योबीचमा लगातार सरकारका मान्छे आएका छन्। योबीचमा केही देखिने र केही नदेखिने भ्रमणहरु भारतबाट भएका छन्। कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन? भन्ने आशंका पनि छन्,’ उनले भने, ‘अहिलेको संसदले नेपालको भूमिमाथिको अधिकार स्थापित ग¥यो र यो संसद भारतलाई मन नपरेका कारण तिनीहरुकै कारण यस्तो कदम चालिाएको त होइन भन्ने प्रश्न स्वभाविक छ।’

    अर्का केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड–माधव नेपालकै हुने भन्दै अब केपी ओली समूहले पार्टी र चुनाव चिह्नमाथि दावी गर्ने कुनै नैतिक अधिकार नभएको बताए। ‘पार्टी कार्यालय जलाउँछौं, कब्जा गर्छौं भनिरहेको हामी सुनेका छौं,’ आचार्यले भने, ‘यस्तै हो भने अब उनीहरुको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुन्छ।’

    मंगलवार हुने आन्दोलनको तयारीका लागि नेताहरु सुर्खेत पुगेका हुन्। रिजाल र आचार्य दुवैजना माधव नेपाल निकट हुन्। ओली समूहका महेश बस्नेत भने सोमबार हुने भेलालाई सम्बोधन गर्न सुर्खेत आएका  हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]