राजनीति

राष्ट्रिय स्वाधीनता लुटिएको बेला गुट जोगाएर काम छैन : जनार्दन शर्मा

पुस १३, २०७७

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाभित्रको विवादले राष्ट्रियता लुटिएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता शर्माले आक्रोश पोखेका हुन्। 

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादले नेकपा अनौपचारिक विभाजनको अवस्थामा आइपुगेको छ। नेकपा विभाजनबाट जोगाउन चिनियाँ प्रतिनिधि टोलीले काठमाडौंमा शीर्ष नेताहरुलाई भेटवार्ता गरिरहेको छ। 

    नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्तिले चासो दिइरहेको बेलामा नेता शर्माले दिन दहाडै राष्ट्रिय स्वाधीनता लुटिएको संज्ञा दिएका हुन्। उनले भने‚ 'दिन दहाडै राष्ट्रिय स्वाधीनता लुटाउँदै गरेको बेलामा गुटको रक्षाले के हुने हो?'

    चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले नेकपाका शीर्ष नेताहरुसँग तीव्र रुपमा भेटवार्ता गरिरहेको छ। 

    चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]