समाज : सुरक्षा/अपराध

अवैध यार्सागुम्बासहित बझाङ विमानस्थलबाट युवक पक्राउ

पुस १३, २०७७

    धनगढी : पुस बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका २ का ४३ वर्षीय छिटुप तामाङ रहेका छन्। प्रहरीले उनको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको हो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]