काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
उदयपुर : नेकपा केन्द्रीय सदस्य जगनाथ खतिवडाले प्रधानमन्त्री केपी ओली कम्युनिस्टको चरित्र नभएको मान्छे भएको बताएका छन्।
संसद् विघटनको विरोधमा कटारी नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेता खतिवडाले पार्टी को विधिसम्मत नमान्ने अनि पार्टीभित्रबाट काम गर्न दिएन भन्नु अराजक भएको बताए।
संविधानको कुनै धारामा उल्लेख नभएको संसद् विघटन गरी ओलीले संविधानविपरीत काम गरेको नेता खतिवडाले बताए। उनले भने, ‘अविश्वासको प्रस्ताव दर्तापछि मात्र राष्ट्रपतिले संसद विघटनमा हस्ताक्षर गरेकोले अदालतबाटै संसद् पुनःस्थापना हुन्छ।'
केन्द्रीय समितिमा आफ्नो पक्षको बहुमत स्पष्ट रहेकोले 'सूर्य' चुनाव चिह्न विधिसम्मत आफूहरुले पाउने खतिवडाले दाबी गरे। 'ओलीले प्रधानमन्त्री पद छोड्नुपर्छ भनेर संसद् विघटन गरेको हुन्। ओलीले चुनाव गराउने उद्देश्यले चुनाव घोषणा गरेकै होइनन्,' उनले भने, ‘देशमा अस्थिरता चाहेका ओलीले अब संकटकाल लगाएर देशमा अस्थिरता निम्त्याउन लागेका छन्।’
केन्द्रीय कमिटीले ओलीलाई पार्टीबाट कारबाही गरेकाले अब ओली साधारण सदस्य मात्र भएको खतिवडाले जनाए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।