काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
सोमबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल भएको शितलनिवास स्रोतले जनाएको छ। नेकपा विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।
नियमित भेटघाट भएको शितलनिवास स्रोतले जनाएको छ। चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा रहेका बेला दुवैको भेटलाई अर्थपूर्ण मानिएको छ। चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेको थियो भने हिजो नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपालसँग भेट गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।