खेलकुद

साफ फुटबल बंगलादेशमा हुने

पुस १४, २०७७

    काठमाडौं : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ। 

    दक्षिण एशियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो। बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ।

    महिला यु–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यु–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ। 

    यस्तै,  पुरुषतर्फ साफ यु–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यु–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ। ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]