समाज

अझै सुल्झिएन कक्षा ११ को नयाँ पाठ्यक्रम विवाद

पुस १४, २०७७

    काठमाडौँ  : सरकारले चालू शैक्षिक सत्रदेखि सुरु हुने गरी देशभरका विद्यालय​मा कक्षा ११ काे नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गर्‍याे। त्यही पाठ्यक्रमअनुसार केही विद्यालयले पढाउन सुरु समेत गरिसकेका थिए।  

    तर, सर्वोच्च अदालतले गत कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश दियो। अहिलेसम्म पनि फैसला हुन नसक्दा पुरानो वा नयाँ पाठ्यक्रम कुन पढाउने भन्ने  अन्योल कायमै रहेको छ। 

    के भन्छन् अभिभावक?

    नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नयाँ पाठ्यक्रमको अन्योलता अझै कायम रहेको भन्दै पुरानै पाठ्यक्रम पढाउनुपर्ने बताए। ‘अदालतले अहिलेसम्म कुनै फैसला गर्न नसक्दा लाखौँ विद्यार्थी अन्योलतमा छन्,’ उनले भने, ‘पाठ्यक्रमको निकास आउन ढिला भएमा सरकारले पुरानोमा जाऊँ भने पनि अन्योलता हट्ने थियो।’

    अभिभावक महासंघले सोमबार यसको तत्काल निकास निकाल्न नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ, शिक्षा सचिव गोपीनाथ मैनाली र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालसँग टेलिफोन मार्फत माग गरेको छ।  

    यता, कक्षा ११ मा अध्यापन गराउँदै आएका केही शिक्षकले विद्यालयमा नयाँ पाठ्यक्रम कार्यान्वयन गराइएकाले अब पुरानो पाठ्यक्रममा जानुपर्ने अवस्था आएमा भने धेरै कठिन हुने बताउदै आएका छन्। 

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले पाठ्यक्रमको छिटो किनारा लगाइदिन आफूहरूले आवश्यक पर्ने सबै प्रमाण दाबी अदालतमा प्रस्तुत गरिसकेको जानकारी दिए। अदालतमा यो विषयमा कहिले हेर्न नभ्याउने सूचीमा पर्ने, कहिले पक्षका वकिलले सार्ने गरेकाले यसको निचोडमा पुग्न नसकेको उनको भनाइ छ।

    दाहालका अनुसार नयाँ पाठ्यक्रममा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा थप गरिएको छ। त्यस्तै, कक्षा ११ मा तीनवटा विषय अनिवार्य गरिएको छ। पुरानो पाठ्यक्रममा भने अंग्रेजी र नेपाली गरी दुई विषय मात्रै अनिवार्य विषयमा राखिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]