अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट

पुस १४, २०७७

    काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ७०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज पुनः घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो। 

    यस्तै, तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ।

    त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३१५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]