समाज

आन्दोलनमा काठमाडौं आएका उखु किसानको हृदयघातबाट मृत्यु

फाइल फोटो
पुस १४, २०७७

    काठमाडौं : उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही किसान नारायण रायको  हृदयघातका कारण मृत्यु भएको छ। 

    सर्लाही किसान आन्दोलन सघर्ष समितिका संयोजक हरेश्याम यादवकाअनुसार उनको आज विहान उपचारका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा निधन भएको हो। 

    उनी चार दिन अघि मात्र आन्दोलनमा सहभागी हुन काठमाडौं आएको यादवले थाहाखबरमा जानकारी दिए। विगत १७ दिनदेखि आन्दोलन किसानलाई २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता भएपछि हिजो किसानले आन्दोलन स्थगित गरेका थिए। 

    उनले आन्दोलनको बीचमा उनले २ लाख रुपैयाँ पाएको र अब तीन लाख आउन बाँकी रहेको यादवको भनाइ छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]