राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधवको प्रदर्शन

पुस १४, २०७७

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन सुरु गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध सभाका लागि विभिन्न स्थानबाट जुलुस निस्किरहेका छन्। 

    टेकु, नयाँबानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार र कुपण्डोलबाट भृकुटीमण्डपतिर जुलुस अघि बढेको छ। काठमाडौंको प्रदर्शनमा मात्रै ५० हजार मानिस सहभागी हुने नेकपा केन्द्रीय संघर्ष समितिले दाबी गरेको छ। 

    सबै तिरको जुलुस भृकुटीमण्डपमा पुगेपछि हुने विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। विरोध सभाका लागि भृकुटीमण्डपको सडकमै मञ्च बनाइएको छ। पद्मोदय मोड–भृकुटीमण्डप सडक भएर चल्ने गाडीहरुलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    नेकपाले प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५ सय १ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपासहितका राजनीतिक दल र नागरिक समाज सडक सङ्घर्षमा उत्रिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]