काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन सुरु गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध सभाका लागि विभिन्न स्थानबाट जुलुस निस्किरहेका छन्।
टेकु, नयाँबानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार र कुपण्डोलबाट भृकुटीमण्डपतिर जुलुस अघि बढेको छ। काठमाडौंको प्रदर्शनमा मात्रै ५० हजार मानिस सहभागी हुने नेकपा केन्द्रीय संघर्ष समितिले दाबी गरेको छ।
सबै तिरको जुलुस भृकुटीमण्डपमा पुगेपछि हुने विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। विरोध सभाका लागि भृकुटीमण्डपको सडकमै मञ्च बनाइएको छ। पद्मोदय मोड–भृकुटीमण्डप सडक भएर चल्ने गाडीहरुलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।