राजनीति

'केपी ओली सर्वसत्तावादी भए, तर हामीले खुट्टा कमाएका छैनाैं'

पुस १४, २०७७

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडाैंमा विरोध सभा गरिरहेको छ। प्रदर्शनी मार्गस्थित भृकुटीमण्डमा भइरहेको कार्यक्रममा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल वरिष्ठ नेता झलनाथ खनालगायत शीर्षस्थ सबै नेता सहभागी भएका छन्। 

    कार्यक्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले २०६२/६३ को जस्तै विरोध गर्नुपर्ने बेला आएको बताएकी छन्। गणतन्त्र ल्याउन धेरै योद्धाले ज्यान गुमाएका र यो प्राप्तीका लागि सबैको उत्तिकै भूमिका रहेको बताएकी छिन्। 

    उनले भृकुटीमण्डपमा बोलेको भाषण जस्ताको त्यस्तै

    हामीलाई लागेको थियो हामीलाई गणतन्त्र आयो लोकतन्त्र आयो संघीयता आयो भनेर हामीलाई लागेको थियो। हामीले संविधान बनाएपछि सुशासन कायम हुन्छ। देश अघि बढ्छ भन्ने लागेको थियो। जुन ढंगले हामीलाई जनताले भोट दिएका थिए। हामीले त्यसैअनुसार सम्मान पाएका थियाैं। हामीले केपीलाई गणतन्त्रको प्रधानमन्त्री बनाएका थियाैं। सबै कुरा अब लोकतन्त्र सुदृढ हुन्छ भन्ने लागेको थियो। जनताले दुख पाउँदैनन् भन्ने लागेको थियो। तर आज संघीय लोकतन्त्रमाथि केपी ओलीले संविधानमाथि कु गरे। जनताको अधिकार खोसे। त्यसविरुद्ध केपी लागे। आजैदेखि केपीविरुद्ध लागेका छाैं। जबसम्म संघीयल लोकतन्त्र आउँदैन तबसम्म सडक आन्दोलन गरिरहन्छाैं। केपी ओली जनताको अधिकार खोस्न लागे। कमरेड केपी ओली हैन सर्वसत्तावादी केपी ओली भए। हामीले खुट्टा कमाउनुपर्ने छैन। कतै अलमलिने छैन। संकल्पसाथ अघि बढ्छाैं। कस्ता कस्ता शासक त ढले सर्वस्तावादी केपी ओली पनि ढल्नेछन्। देशमा गणतन्त्र आएको छ। श्रमजीवी जनताले सम्मान पाउनेछन्। महिलाले सुरक्षाको ग्यारेन्टी पाउने लागेको थियो। तर त्यस्तो भएन। 

    उनले भाषणको सबै समय प्रधानमन्त्री केपी ओलीको विरोध र उनको आलोचनामा समय खर्चिएकी थिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]