राजनीति

'युवराज खतिवडाले गोप्य रुपमा गरेको एमसिसी पास गर्न प्रधानमन्त्रीले संसद विघटन गरे'

पुस १४, २०७७

    धनगढी : नेकपा स्थायी कमिटि सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न संसद विघटन गरेका बताएका छन्। 

    धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै रावलले भने, ‘युवराज खतिवडाले गोप्य रुपमा गरेको राष्ट्रघाती एमसीसी पास गर्न सजिलो होस् भनेर केपी ओलीले प्रतिनिधि सभाको विघटन गर्नुभएको छ।’ 

    रावलले भने, ‘नेपालको धर्ती विदेशीको अधिनमा पुर्याउने, प्रसारण लाइनको नाममा अनिश्चित कालसम्म कब्जा गरेर विदेशीले हाम्रो बारेमा गुप्तचर गरेर, हामीलाई नै घात गर्ने एमसीसी सम्झौता पास गर्ने रणनीतिमा ओली छन्,' रावलले भने, ‘अब नेपाली जनताले हाम्रो यहाँको कानुन हैन अमेरीकाको कानुन मान्ने, हाम्रो कुनै अधिकार नहुने ? पुर्खाले बचाएको यो देशको स्वाधिनता केपी ओलीले बेच्न खोजेको आरोप लगाउदै भने, ‘नेपालको हितविपरीत, नेपालको कानुनविपरीत, नेपालको आफ्नो निर्णय गर्न पाउने अधिकारविपरीत भएको सम्झौतालाई उहाँलाई संसदमा पठाउनुभयो, हामीले पास गर्न दिएनौं।’ 

    एक जना मन्त्रीले सरकार गठन हुन नपाउँदै पास गर्नुपर्छ भनेको मैले सुने, यो कस्तो कुपुत्र होला, यो मातृभूमिले कस्तो देशराष्ट्रघाती जन्माएको रहेछ लाग्यो। 

    यस्तै प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरुलाई कटाक्ष गर्दै चोरलाई साँचो दिएको बताएका छन्। काठ तस्करीमा मुछिएका सांसद प्रेम आलेलाई ओली सरकारले वन मन्त्री दिइएको प्रति उनको आपत्ति थियो। 

    मन्त्री मण्डलको विस्तारको कुरालाई संविधान कुल्चिएको पनि उनले आरोप लगाउँदै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको तर्क गरे। 

    पदबाट राजीनामा दिनुपर्ने अवस्थामा उल्टै मन्त्रिमण्डल विस्तार गरेका भन्दै प्रतिनिधिसभा सदस्य नभएका मान्छेलाई समेत मन्त्री बनाएर लोकतन्त्रको धज्जी उडाउने काम प्रधानमन्त्री ओलीले गरेका उनले बताए। 

    '०४६ सालको आन्दोलनमा पञ्चायत ढल्यो, ०६२–०६३ सालको आन्दोलनले निरंकुश राजतन्त्र ढल्यो। ५ वर्षका लागि झापाबाट निर्वाचित केपी ओलीले मेरो निरंकुशतन्त्र चल्ला भनेर कसरी कल्पना गर्नुभयो? कसैको स्वेच्छाचारिताका लागि जनताले रगत बगाएका हैनन्। दुई वर्षमा संविधानमाथि बुट बजारेर निर्वाचन गर्न जनमत दिएका होइनन्,’ ओलीले जनमतको खिल्ली उडाएका उनले आरोप लगाए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]