खेलकुद

रुविनाले कप्तानी पारी खेल्दा प्रदेश एकको विजयी सुरुवात

पुस १४, २०७७

    दाङ : कप्तान रुविना क्षत्रीको अर्धशतकको मद्दतमा दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा प्रदेश १ ले विजयी सुरुवात गरेको छ।

    समूह 'बी' मा रहेको प्रदेश १ ले बागमतीमाथि ४६ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो। प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा रुविनाले कप्तानी पारी खेलिन्।

    १६ औ ओभरमा सुमन खतिवडाको बलमा आरती विडारीबाट क्याच आउट हुनुअघि उनले ५५ बलमा ६ चौकाको मद्दतमा ५५ रन जोडेकी थिइन्। प्रदेश १ को ओपनिङ भने सुखद हुन सकेन। पहिलो ओभरको पहिलो बलमा नै ओपनर काजल श्रेष्ठलाई क्रिष्मा गुरुङले आरतीको हातबाट क्याच आउट गराउँदै पेभेलियन फर्काइन्।

    रोमा थापा ४ रनमा आउट हुनुअघि उनले कप्तान रुविनासँग ४६ रनको साझेदारी गरिन्। तेश्रो विकटको रुपमा रुविना पेभेलियन फर्किनुअघि प्रदेश १ ले १५.२ ओभरमा ८२ रन जोडेको थियो। त्यसपछि पारी सम्हाल्न आएकी अप्सरी बेगमले नटआउट १६ रनको योगदान दिइन्। १३ बलको सामना गरेकी उनले १ छक्का प्रहार गरिन्। संगीता राईले १ रन जोड्दा निग्मा तामाङले नटआउट ५ रन जोडिन्। प्रदेश १ ले अतिरिक्त २१ रन पाएको थियो। 

    बागमतीकी आरती बिडारीले ३ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिइन्। कप्तान अस्मिना कर्मचार्य, क्रिष्मा गुरुङ र निशा तामाङको नाममा १/१ विकेट रहयो। १०७ रनको विजयी लक्ष्य पछयाएको लुम्बिनी १६.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटियो।

    उसको सुमन खतिवडा र  कञ्चन श्रेष्ठबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंकको रन जोड्न सकेनन्। कञ्चनले १३ र समुनले १२ रनको योगदान दिइन्। सुजिता थापाले ९ रन जोड्दा आरतीले नटआउट ८ रन जोडिन्। लुम्बिनीका ३ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। 

    बागमतीलाई सस्तैमा समेट्ने क्रममा निग्मा तामाङले ३ विकेट लिइन्। ३ ओभर बलिङ गर्दै निग्माले १२ रन खर्च गरिन्। एक ओभर बलिङ गरेकी अप्सरीले ३ रन दिँदै २ विकेट लिइन्। एलिसा खडिया, सबनम राई र निशा शाहको नाममा १/१ विकेट रह्यो। खेलको प्लेयर अफ दि म्याच प्रदेश १ की कप्तान रुविना घोषित भइन्। प्रदेश १ ले अर्को खेलमा बुधबार सुदूर पश्चिम र बागमतीले गण्डकीको सामना गर्नेछ। 

    गण्डकीमाथि सुदुर पश्चिमको फराकिलो जित

    आज नै भएको पहिलो खेलमा सुदुर पश्चिमले समेत बिजयी सुरुवात गरेको छ। समुह बी मा रहेको सुदुर पश्चिमले गण्डकीमाथि ५९ रनको फराकिलो जित हात पारेको हो। टस जितेर व्याटिङ थालेको सुदुर पश्चिमले अतिरिक्त ३२ रनको मद्दतमा १९.३ ओभरमा १०७ रनको योगफल तयार पारेको थियो। सुदुर पश्चिमका लागि ओपनर रेवती धामीले २७ रनको योगदान दिइन्।

    विन्दु रावलले १३, मन्जु बोगटीले १० रन जोड्न बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत छुन सकेनन्। गण्डकीकी सृष्टि पौडेल र एलिसा लामिछानेले ३÷३ विकेट लिए। अन्जली विश्वकर्मा, कुसुम गोदार र ज्योत्सनिका मरासीनीको नाममा १/१ विकेट रहयो।

    १०८ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन मात्र जोड्न सफल रहयो। गण्डकीका कुनै पनि ब्याट्सवुमनले दोहारो अंकको रन जोड्न सकेनन्।

    उसका लागि सृष्टि पौडेलले सर्वाधिक ८ रन जोडिन्। नटआउट रहँदै ज्योत्सनिकाले ६ र कुसुमले ५ रन जोडिन्। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट लिइन्।

    कविता कुवर, रितु कनौजिया र लक्ष्मी साउदको नाममा १/१ विकेट रह्यो। यता प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]