धर्म-संस्कृति

आज किरात समुदायको उधौली पर्व

पुस १५, २०७७

    काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलष्याँदर, राईको सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ।

    किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुलदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बूहरूले चासोक तङ्नामको रुपमा मनाउने गर्दछन्। किरात समुदायले बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ। 

    भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ। यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ।

    वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरात समुदायले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा ईश्वरलाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]