राजनीति

सामन्ती र निरंकुशतावादी सल्बलाए, संघर्ष गरौँ : प्रचण्ड

पुस १५, २०७७

    काठमाडौं :  नेकपाको प्रचण्ड–नेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्।

    गुरुङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताएका हुन्।

    ‘गुरूङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'

    त्यस्तै, उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको बताए। सबै समुदायहरूमा यी उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न उनले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]